राष्ट्रिय

कैलालीमा बालुवाको अवैध उत्खनन गर्ने ११ ट्याक्टरलाई जरिवाना

रेडियो टाइम्स
`

 

१६ साउन,धनगढी

कैलालीमा अवैध रूपमा बालुवा उत्खननमा प्रयोग गरिएका ११ ट्याक्टरमाथि प्रहरीले कारवाही गरेको छ ।

शनिबार बिहान गोदावरी नगरपालिका(९ को खुटिया खोलाबाट अवैध रूपमा बालुवा उत्खनन् गर्ने ११ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले अवैध उत्खननमा प्रयोग भएका ट्याक्टरलाई ६ हजार रूपैयाँ दरले गोदावरी नगरपालिकालाई जरिवाना तिराएको बताए । उनले ट्याक्टर चालकहरूलाई सम्झाइबुझाई गरेर छाडिएको पनि जानकारी दिए ।


प्रकाशित मिति: शनिबार, साउन १६, २०७८, १५:४४:००
प्रतिक्रिया दिनुहोस्