स्थानीय

दाङमा खोरभित्रै पसेर बाघले ९ वटा बाख्रा मार्‍यो

रेडियो टाइम्स
`

साउन १६, दाङ
दाङमा खोरभित्रै पसेर बाघले ९ वटा बाख्रा मारेको छ । लमही नगरपालिका – ८ निम्बुखुट्टी निवासी रामप्रसाद चौधरीको खोरमै गएर रातको समयमा बाघले ९ वटा बाख्रा मारेको  हो ।

बिहान बाख्रालाई खोरबाट बाहिर निकाल्न जाँदा मात्र बाघले बाख्रा मारेको थाह पाएको पीडित राम प्रसादले बताउनुभयो । खोर कच्ची भएकोले बाघ सजिलै गोठिभत्र छिरेको हुनसक्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार बाघले मारेका बाख्रामध्ये ६ वटा बाख्रा गाभिना ९ बच्चा जन्माउने० रहेका र अन्य तीन वटा माउ बाख्रा हुन् । झण्डै दुई  लाख जति क्षति भएको अनुमान गरिएको छ ।


प्रकाशित मिति: शनिबार, साउन १६, २०७८, १५:४०:००
प्रतिक्रिया दिनुहोस्