स्थानीय

दाङमा  सिँचाइको लागि बनाइएको बाँधमा डुब्दा एक जना बेपत्ता

रेडियो टाइम्स
`

 साउन ६, २दाङ

सिँचाइको लागि बनाइएको कृतिम जलाशयरबाँध (ड्याम) मा डुब्दा दाङमा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका वडा न १ सिमलताराको गयरसोता ड्याममा पौडी खेल्ने क्रममा बिहान त्यहीँ गाउँका एक जना डुबेका प्रहरीले जनाएको छ ।

स्थानियबासिन्दा र प्रहरीले हराएका व्यक्तिको खोजी गरिरहेका छन् । गएको वर्ष खनिएको ड्याम धेरै गहिरो भएको र दलदले माटो भएकोले पौडी खेल्न गएका युवा त्यही दलदले हिलोमा गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८, १३:४७:००
प्रतिक्रिया दिनुहोस्