राष्ट्रिय

सुदूरपश्चिमका १४ सांसद द्धारा नेता भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह

रेडियो टाइम्स
`

६ साउन, धनगढी

नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।

रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

जवाफमा रावलले आफूहरुले दिएको सुझावलाई ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिएको कुँवरले बताए । उनले आफू पार्टी एकताका लागि गठित कार्यदलको संयोजक र सर्वोच्च अदालतमा हस्ताक्षर गरेकाले पनि नैतिकताका आधारमा सांसद पदबाट राजीनामा दिएको समेत उनीहरुसँग बताएका थिए ।

रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए । तर सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् । रावललाई पार्टीभित्रबाट समेत राजीनामा फिर्ता लिन दबाब छ ।


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८, १३:२३:००
प्रतिक्रिया दिनुहोस्