राष्ट्रिय

वीरगञ्‍जबाट ५ किलो चाँदीका गरगहनासहित एकजना पक्राउ

रेडियो टाइम्स
`

६ साउन, काठमाडौं

पर्सा प्रहरीले वीरगञ्‍जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी राजविराज उपमहानगर २ स्थायी घर भएका हाल चितवन खैरेनी नगरपालिका २ का श्रेया ज्वेलर्सका सञ्‍चालक ४३ वर्षीय अंगत साह रहेका छन् ।भारतबाट अवैध रुपमा चाँदीका गरहना ल्‍याउँदै गरेको सूचनाको आधारमा पर्सा इनर्वाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई आवश्‍क कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८, १३:१७:००
प्रतिक्रिया दिनुहोस्