स्थानीय

गुल्मीमा पहिरो चलेपछि पुर्तिघाट बजार जोखिममा

रेडियो टाइम्स
`

२४ असार ,गुल्मी

पहिरोका कारण कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजार जोखिममा परेको छ।

स्थानीय गोपाल पराजुलीको घरमुनिबाट झरेको पहिरोका कारण जितबहादुर नेपाली, सुदर्शन श्रेष्ठ लगायतका करिब १५ घर जोखिममा रहेको र उनीहरूलाई आफन्तकहाँ सारिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए।

हिजोदेखि पानी परिरहेका कारण पहिरो झरेको र बजार नै जोखिममा परेको थापाको भनाइ छ। वर्षाबीच अहिले डोजर लगाएर पानीको भल तर्काउने काम भइरहेको थापाले बताएका छन्। वर्षा रोकिएपछि के गर्न सकिन्छ भन्ने बारेमा थप सोच्ने र निर्णय लिइने उनले जानकारी दिए।लगातार वर्षा भइराखेकाले पहिरो अझै भर्ने होकी भन्ने त्रास भइरहेको स्थानीयहरूले बताएका छन्।

यता लगातार परेको वर्षाका करण कालीगण्डकी करिडोर अन्तर्गत रिडी रूद्रबेनी सडक खण्डको लामाचौपारीमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।जिल्लाका ग्रामीण स्तरका अधिकांश सडकहरू पहिरोका कारण अवरुद्ध भएका छन्।


प्रकाशित मिति: बिहिबार, असार २४, २०७८, १३:३०:००
प्रतिक्रिया दिनुहोस्