स्थानीय

शैक्षिक गुणस्तर सुधारका लागि पर्राेहा मा.वि.मा अभिमुखीकरण

रेडियो टाइम्स
`

सैनामैना, असार १८
शैक्षिक गुणस्तर सुधारका लागि रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.-४ मुर्गिया स्थित पर्राेहा माध्यमिक विद्यालयले अभिमुखीकरण कार्यक्रम गरेको छ । शिक्षक अभिभावक संघ, विद्यालय व्यावस्थापन समिति, शिक्षक, शिक्षिकाहरुका विच शुक्रबार अभिमुखीकरण गरिएको विद्यालयले जनाएको छ । 

कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि र सबैको पहुचमा गुणस्तरिय शिक्षा पुर्याउने उद्देश्यले  नगरमा विभिन्न कार्य गरिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । उहाँले भन्नु भयो-'शिक्षामा भएका गलत क्रृयाक्लापहरुलाई सुधार गर्दै जानु पर्छ । सबैका बालबालिका सामुदायिक विद्यालयमा पढ्ने बातावरण बन्नु पर्छ । हामी जुन ठाउँमा छौं त्यो ठाउँ हामीले राम्रो बनाउनु पर्छ ।' 

अतिविपन्न र सम्पन्न सबैले सामुदायिक विद्यालय पढाउने वातावरण बन्नु पर्नेमा जोड दिदै उहाँले भन्नुभयो-'शैक्षिक सुधारका लागि  शिक्षकले पनि आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्छ ।'  गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि नगरपालिकाले आवश्यक लगानी गरेको र आर्थिक वर्ष २०७८/७९का लागि शिक्षामा करिव २१ करोड बढी रकम विनियोजन गरिएको उहाँले जानकारी दिनु भयो । प्रविधिमा आधारित शिक्षामा जोड दिएको बताउँदै, शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावकबिच क्रिकोणात्मक सम्बन्ध अपरिहार्य रहेको उहाँले बताउनु भयो  ।”

शिक्षकहरुलाई प्रविधिमैत्री बनाएर शिक्षाको गुणात्मक सुधार गर्न नगरपालिका लागि परेको नगरपालिका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले बताउँनु भयो । उत्कृष्ट विद्यालय, शिक्षक शिक्षिका र विद्यार्थीहरुलालई पुरस्कृत गर्ने गरिएको समेत उहाँले बताउनु भयो ।

पर्राेहा मा.विलाई नमुना विद्यालय बनाउन अभिमुखीकरण लगाएत यस खालका नियमित कार्यक्रमहरु गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले बताउनु भयो । विद्यालयलाई अब्बल शैक्षिक गन्तब्य बनाईने उहाँले प्रतिवद्धता जनाउनु भयो । 

प्रविधिमा आधारित लगानी, प्रक्रिया र उपलब्धि, सन्तुलित गुणस्तरीय शिक्षा’ भए मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने कार्यक्रमका प्रशिक्षक  त्रिभुवन विश्व विद्यालयका प्रध्यापक डा.विष्णु प्रसाद पोखरेलले बताउनु भयो ।

विद्यालयको भौतिक संरचना, शिक्षक, समुदायको सहभागिता र लगानी, कक्षा शिक्षण, विद्यार्थी मुल्यांकन, शिक्षकको पेशागत विकास, नेतृत्व र व्यवस्थापन तथा सहअतिरिक्त क्रियाकलाप, विद्यार्थी नियमितता, कक्षा दोहोर्याउने र विद्यालय छाड्ने दर सिकाई उपलब्धि, सेवाग्राही सन्तुष्टि लगायतका विषयवस्तुमा प्रशिक्षण दिईएको थियो । 


 


प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८, २०:३३:००
प्रतिक्रिया दिनुहोस्