स्थानीय

सैनामैना नगरपालिकाले ल्यायो १ अर्ब २२ करोड १९ लाख बढिको बजेट

रेडियो टाइम्स
`

असार  १०, सैनामैना । 

रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कूल १ अर्ब २२ करोड १९ लाख ४३ हजार ३ सय ४१ रुपैँयाको बजेट ल्याएको छ । 

नगरको नवौँ नगरसभामा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले आगामी आर्थिक बर्षको बजेट बिहीबार प्रस्तुत गर्दै चालु खर्च तर्फ कूल रु. ५१ करोड ४८ लाख ५५ हजार र पूँजीगत खर्च तर्फ कुल रु. ७० करोड ७१ लाख २८ हजार ३ सय ४१ रहेको बताउनुभयो । गत वर्ष ७० करोड ८३ लाख ७७ हजार बढीको बजेट ल्याएको पालिकाले यस वर्ष १ अर्ब २२ करोड बढीको बजेट ल्याएको हो । गत वर्षको तुलनामा यस वर्ष बजेटको आकार बढेको हो । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त अनुदान रु. ९१ करोड ३८ लाख २ हजार , प्रदेश सरकारबाट प्राप्त अनुदान रु. ६ करोड ४१ लाख ३३ हजार ७ सय ४४,  आन्तरीक स्रोतबाट आर्थिक वर्ष २०७७÷७८ बाट मौज्दात बाकि रकम सहित रु. २४ करोड ४० लाख ७ हजार ५ सय ६७ आयको अनुमान गरिएको उपप्रमुख रानाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । 

बिहिवार विनियोजित बजेट मध्ये चालु खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्यालय सञ्चालन लगायत प्रशासनिक खर्च र अन्य व्यवस्थापन समेत समावेश गरिएको छ ।  जसमा शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, प्रशासनिक खर्च र सामाजिक सुरक्षा भत्तालाई पनि समायोजन गरिएको छ । 

त्यसैगरी पूँजीगत खर्च तर्फ वडागत बजेटलाई छुट्याएको छ । जसमा सैनामैना नगरपालिकामा रहेका ११ वटा वडाका लागि ५ करोड ७० लाख बजेट विनियोजन गरिएको छ । नगरको वडा नं. १ को लागि रु. ७८ लाख ७९ हजार ७ सय ८३ , वडा नं. २ को लागि रु. ३८ लाख ३१ हजार ६ सय ४० , वडा नं. ३ को लागि रु. ४१ लाख ३७ हजार ८ सय ४१, वडा नं.४ को लागि रु. ५१ लाख ३५ हजार ६ सय ९६ , वडा नं. ५ को लागि रु. ५४ लाख ७२ हजार ९ सय ३१, वडा नं. ६ को लागि रु.  ६१ लाख ८८ हजार ९ सय ५६ रुपैँयाको बजेट छुट्याइएको छ । 

त्यसै गरी वडा नं.७ को लागि रु. ४१ लाख ३१ हजार ३ सय २७ रुपैया,  वडा नं. ८ को लागि रु. ३२ लाख ५३ हजार २ सय ५०, वडा नं. ९ को लागि रु. ५२ लाख २४ हजार ४ सय ७३ , वडा नं. १० को लागि रु. ६३ लाख ५९ हजार ७ सय ५५ र वडा नं. ११ को लागि रु. ५३ लाख ८४ हजार ३ सय ४७ रुपैँया बजेट बिनियोजन गरिएको छ । 

नगरपालिकाले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिइएको छ । कोरोनाको संक्रमणबाट सैनामैना नगरबासीलाई सुरक्षित बनाउन स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइएको हो । विद्यमान कोरोना भाईरसको महामारीबाट आम नगरबासीलाई सुरक्षित गर्नका लागि स्वास्थ्य तथा सरसफाईको क्षेत्रलाई उच्च प्रथामिकतामा राख्दै कुल रु. १० करोड ५० लाख ७२ हजार बजेट विनियोजन गरिएको छ । जसमा कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु. १ करोड छुट्याएको छ । 

त्यस्तै पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि मुर्गियामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको १५ शैयाको आधारभुत अस्पतालको निर्माण कार्य सुरुवात भईसकेको हुँदा तिव्रताका साथ निर्माण कार्य सम्पन्न गर्न रु. ५ करोड बजेटको व्यवस्थापन गरिएको छ ।

सालझण्डी स्थित वनकट्टी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्न रु ५ लाख, गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रमको लागि रु.३ लाख, जेष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा कार्यक्रमको लागि रु. २ लाख, हेलो आमा कार्यक्रम मार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गर्न रु. १ लाख ५० हजार विनियोजन भएको छ । 

बजेटमा शिक्षा, युवा तथा खेलकूद क्षेत्रलाई पनि प्रथामिकता दिइएको छ । यस वर्ष शिक्षा, युवा तथा खेलकुदमा कूल रु. २३ करोड ६१ लाख २१ हजार बजेट छुट्याईएको छ ।

नगर सभामा उपप्रमुख रानाले प्रस्तुत गरेको बजेटमा कृषि तथा पशु विकास तर्फ कुल रु. २ करोड ५६ लाख १६ हजार र सहकारी विकास तर्फ कुल रु १० लाख विनियोजन गरिएको छ ।

नगरले पुर्वाधार विकासमा समेत जोड दिएको छ ।  पुर्वाधार विकासका लागि २९ करोड ३३ लाख ४४ हजार बजेट विनियोजन भएको छ । त्यस्तै सँस्कृति तथा पर्यटन क्षेत्रमा कुल रु. ६ करोड ४७ लाख बजेट विनियोजन भएको भने, जेष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्ग क्षेत्रमा कुल रु. ६० लाख विनियोजन गरिएको छ । 


प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८, ०८:३१:००
प्रतिक्रिया दिनुहोस्