स्थानीय

सैनामैनामा अति विपन्न परिवारहरुलाई रहत वितरण

रेडियो टाइम्स
`

सैनामैना असार ०९ । 
सैनामैनामा अति विपन्न परिवारहरुलाई रहत वितरण गरिएको छ । कोरोना भाइरसको जोखिम बढे संगै सरकारले गरेको निषेधज्ञामा दैनिक गुजारा चलाउन समास्य भएका २४ परिवारलाई खाद्ययन्न लगाएत स्वास्थ्य समाग्री वितरण गरिएको हो । 

सैनामैना स्वास्थ्य व्यावसायी संघ, सैनामैना युवा क्लव र सत्य संजाल सैनामैनाले राहत वितरण गरेको हो । प्रतिब्यक्ति चामल १३ किलो, नुन,तेल,दाले,१÷१ किलो, आँटा ५ किलो, आलु २ किलो लगाएतका खाद्यन्न सामाग्री र स्वास्थ्य समाग्री वितरण गरिएको सैनामैना स्वास्थ्य व्यावसयी संघका अध्यक्ष एक बहादुर क्षेत्रीले बताउनु भयो । विभिन्न व्यापारी  तथा व्यक्तिहरुको सहयोगबाट संकलन गरि सो खाद्य तथा स्वास्थ्य समाग्री वितरण गरिएको उहाँले बताउनु भयो । 

सैनामैना युवा क्लबका अध्यक्ष सञ्जु थापा, सत्य संजालका अध्यक्ष युवराज भुषाल, सत्य संजालका  लक्ष्मण पौडेल, आकुरा फउण्डेशन नेपालका अध्यक्ष तथा सैनामैना स्वास्थ्य व्यावसयी संघका उपाध्यक्ष गोविन्द श्रीस लगाएतको सहभागीतामा राहत वितरण गरिएको थियो । 
 


प्रकाशित मिति: बुधबार, असार ९, २०७८, ०९:२६:००
प्रतिक्रिया दिनुहोस्