राष्ट्रिय

माधव कमरेडमा एकताको चाहना देखिएन- खिमलाल भटराई

रेडियो टाइम्स
`

बुटवल असार ८ / एमालेका युवा नेता खिमलाल भटराईले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालमा पार्टी एक रहोस भन्ने चाहाना नदेखिएको बताएका छन् ।
जेठ दुईमा फर्कने भनिसकेपछि पनि माधव नेपालले शर्त थप्दै गएको उनको आरोप छ ।
तर माधव कमरेडले शर्त थप्दै हुनुहुन्छ । र, मिलेको कुरामा समस्या बढाउदै हुनुहुन्छ । केपी ओलीसँग कति धेरै रीस रहेछ, सींगो पार्टीमाथि पोख्दै हुनुहुन्छ । उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
जेठ दुईमा फर्कने भनिसकेपछि कमरेड केपी ओलीलाई दोष दिने ठाउँ छैन । भ्याकेट लगायत सबै कुरा कमिटीको बैठकमा छलफल गर्न सकिन्छ । एकता प्रस्तावमा हस्ताक्षरसककगै समाधान हुने कुरालाई मुद्दा बनाउनु अवान्छित हो । भटराईले उल्लेख गरेका छन् ।
विपक्षी नेता देउवालाई दिएको समर्थन फिर्ता लिन तयार नभए पछि माधव कमरेड पार्टी एकता चाहनुहुन्न भन्ने स्पष्ट हुन्छ । माधव कमरेडको त खुमलटार र बुढानिलकण्ठमा कसिएको लगनगाँठो नफुक्ने भयो भटराईले उल्लेख गरेका छन् ।
पार्टीको आन्तरिक एकताको निम्ति लाग्नु भएका कमरेडहरुले भनेको कुरा खुरुखुरु केपी ओलीले मानिरहनु भएको छ । अब कमरेडहरु के गर्नु हुन्छ ? उनले प्रश्न गरेका छन् । 


प्रकाशित मिति: मंगलबार, असार ८, २०७८, १०:२३:००
प्रतिक्रिया दिनुहोस्