राष्ट्रिय

मोरङमा प्रहरीद्धारा पेस्तोल र गोलीसहित दुईजनालाई पक्राउ

रेडियो टाइम्स
`

२६ जेठ, काठमाडौं

मोरङमा प्रहरीले पेस्तोल र गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका(९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका(२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् ।बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

गणेशको घरमा खानतलासी गर्दा एउटा कटुवा पेस्तोलका साथै ३०३ राइफलको ५ थान गोली, गोली लोड गर्ने २ थान चचार, एक थान पेस्तोलको गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पदमकुमारको साथबाट एउटा खुकुरी, चक्कु बरामद गरिएको छ ।

उनीहरु दुवैजनालाई हातहतियार तथा खरखजना कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८, १४:४७:००
प्रतिक्रिया दिनुहोस्