राष्ट्रिय

कञ्चनपुरमा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

रेडियो टाइम्स
`

२६ जेठ, धनगढी

कञ्चनपुरमा ठूलो परिमाणको अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवामा रहेको हुनैनाथ फर्निचर उद्योगका सञ्चालक २६ वर्षीय रमेश भट्ट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गोप्य सूचनाका आधारमा उद्योगमा खानतलासी गर्दा ३४०।४१ क्यूफिट आँप, टुडी,मसला, सिसम लगायतको अवैध काठ बरामद गरेको जानकारी दिए ।

बरामद गरिएको काठसहित सञ्चालक भट्टलाई आवश्यक कारवाहीका लागि जिल्ला सव डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । यस्तै बुधबार बिहान प्रहरीले बेलौरी नगरपालिका वडा नम्बर ४ बाट समेत बेवारिसे अवस्थाको काठ बरामद गरेको छ ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाका अनुसार ८।४७ क्युफिट काठ बरामद गरिएको हो । उक्त काठ आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय पचकडियामा बुझाइएको प्रहरीले जनाएको छ 


प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८, १४:३०:००
प्रतिक्रिया दिनुहोस्