जीवन शैली

सामान्य ब्यवसायिक योजना कसरी गराउने ?

रेडियो टाइम्स
`

सरकारले हिजोमात्र आफ्नो वार्षिक बजेटमा युवाहरुका लागि प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउनेदेखि कृषि लगायत विविध उत्पादनमुलक कार्यमा सँलग्न हुने युवाहरुलाई सहुलियतमुलक रुपमा ऋण उपलब्ध गराउने निर्णय गरेको छ , तर सामाजिक सञ्जालमा मात्र रमाउन जानेका धेरै जसो आजको पिढीँका युवा साथिहरुमा ऋण प्राप्त गर्नको लागि ब्यवसायिक योजना चाहिन्छ तथा ब्यवसायिक योजना कसरि बनाउने भन्ने बारेमा ज्ञानको कमि देख्न सकिन्छ । विना योजना बैङ्गहरुले ऋण प्रवाह गर्न गाह्रो मान्दछन किनकि बैङ्गहरुलाई पनि आफुले गरेको लगानिबाट ग्राहकको फाईदासँगै ऋण रकमको सहज असुलिको वातावरण होस भन्ने धारणा हुने गर्दछ । बिना ब्यवसायिक योजना काम गर्न खोज्ने र असफल भएपछि नेपालमा कामको वातावरण नै छैन भन्दै सरकारलाई सराप्ने चलन धेरै युवापुस्ताहरुमा अहिलेको समयमा देख्न पाईने गर्दछ । त्यस्तै गरि बैदेशिक रोजगारिबाट फर्किएका युवाहरुमा पनि विनायोजना कार्य गर्दा मेहनत गरेर कमाएको रकम पुरै डुवाएर पुनः विदेश नै फर्कनुपर्ने अवस्था पनि गाँउघरमा देखिदै आएको छ । 
ब्यवसायिक योजना भन्नाले कुनै पनि ब्यवसाय,फर्म सुरु गर्नुभन्दा पहिला त्यस ब्यवसायको सुरुवाभन्दा अगाडीदेखि सफलासम्मका विभिन्न कडीहरुलाई स्पष्ट रुपमा चित्रित गर्ने विस्तृत रिपोर्ट हो । ब्यवसायिक योजनामा ब्यवसायको स्थान,लगानी,बजार,मुनाफा,खर्चको ब्यवस्थापन ,जोखिम को समाधान लगायतका विविध विषयहरु समावेस हुने गर्दछन । एक असल योजनाले मानिसलाई सफलताको उच्चतम विन्दुमा पुर्याउन सहयोग गर्दछ र दुरदर्शि सोँचको ब्यवसायिकताको मार्गप्रशस्त गर्दछ । ब्यवसायिक योजना मात्र बनाएर पुर्णरुपमा सफल नै भईन्छ भन्ने हुँदैन त्यसको पुर्णरुपमा कार्यान्वयन नगरेमा योजनाको कुनै अर्थ भने हुँदैन तर ब्यवसायिक योजनाले रिक्सलाई भने पक्कै कम गरेर अगाडी बढन मद्दत गर्दछ । विभिन्न सँघसस्थाहरुले बेलाबेलामा प्रदान गर्ने ब्यवसायिक तालिमहरुमा सहभागी भएर ब्यवसायिक योजना निर्माण स्वयमं आफैले गर्न सकिन्छ । ब्यवसायिक योजना स्वयमं आफैले तयार गर्नुपर्दछ ।
आउनुहोस आज म तपाईँहरुलाई ब्यवसायिक योजनामा समावेस हुने कुराहरुको बारेमा अवगत गराउन चाहान्छु 
ब्यवसायको परिचय ः
जसरि एउटा ब्याक्तिले आफ्नो परिचय दिनुपर्दा विभिन्न कुराहरु समावेस गरेर भन्ने गर्दछ त्यस्तै गरि ब्यवसायिक परिचयमा पनि ब्यवसायको बारेमा लेख्ने गरिन्छ । ब्यवसायको प्रकृति,ब्यवसाय गर्ने जिम्मेवार ब्याक्तिको वारेमा जानकारी,ब्यवसायको ठेगाना,सम्पर्क जस्ता विवरण हरु उल्लेख हुने गर्दछन । ब्यवसायको मुल उदेश्य,ब्यवसायको स्तर,भविष्यको लागि निर्दिष्ट गरिने योजनाहरु,बजारमा उक्त ब्यवसायको अवस्था,बजारमा कुन किसिमको माग छ र प्रतिस्पर्धाको अवस्था कस्तो छ भन्ने विषयमा शाब्दिक रुपमा खुलाउनु पर्दछ ।
उत्पादन तथा सेवा
तपाईको ब्यवसायद्धारा उपभोक्तालाई आपूर्ति हुने वा भईरहेका वस्तु वा सेवा कुन किसिमको छ? त्यसको अवस्था र प्रतिस्प्रर्धा कसरी छ ? तथा बजारमा उपलब्ध बस्तु तथा सेवा कस्तो छ एवं आफुले उत्पादन र सेवामा के के गर्न सकिन्छ भन्ने विषयमा पनि स्पष्ट हुनुपर्दछ ।
रणनीति 
कुनै पनि ब्यवसायिक उत्पादन विना रणनीति गर्न सकिदैन । रणनीति अन्र्तगत आफुले कस्तो तरिकाले ब्यवसाय सँचालन गर्न खोजेको हो तथा भविष्यमा कसरी अगाडी बढन सकिन्छ ? बजारका अन्य प्रतिस्प्रर्धि भन्दा कसरी फरक बन्न सकिन्छ भन्ने बारेमा ब्यवसायिक योजनामा उल्लेख गर्नुपर्दछ ।
श्रमिक तथा कच्च पदार्थ
कुनै पनि ब्यवसायको सफलताको लागि त्यसमा प्रयोग हुने श्रमिकहरुको महत्वपुर्ण भूमिका रहने गर्दछ । ब्यवसायिक योजनामा श्रमिकहरुको प्रकार,उनिहरुबाट हुने उत्पादन,उनिहरुमा गरिने लगानि आदिको बारेमा खुलाउनु पर्दछ । त्यस्तै ब्यवसायको उत्पादनको आधारभुत बस्तु कच्चा पदार्थ नै हो ।कच्चा पदार्थको सहजता वा मूल्यले बस्तुको बजारिकरणमा प्रत्यक्ष असर गर्दछ ।कच्चा पदार्थ कहाँ,कसरी,कुन किसिमले उपलब्ध हुन्छ त्यसको ढुवानीका लागि हुने कार्यहरु गुणस्तर लगायत विविध विषयमा ब्यवसायिक योजनामा खुलाउनुपर्दछ ।
ब्यवसाय र उत्पादन
कुनै पनि फर्म,ब्यवसाय सञ्चालनका लागि पूर्वाधार निर्माण जस्तैः जग्गाको प्राप्ति,भवन,मेसिनरी ,सवारीसाधन लगायतका ब्यवसाय सञ्चालन सम्बन्धी कुराहरु योजनामा उल्लेख गर्नुपर्दछ ।आफ्नो ब्यवसायबाट हुने उत्पादनको किसिम,उत्पादनको लागि मूलरुपमा हुने कार्यहरुको बारेमा पनि ब्यवसायिक योजनामा स्पष्ट खुलाउनु पर्दछ ।
बजारीकरण
मार्केटिङ्ग यानेकी बजारीकरण ब्यवसायको सफलता प्राप्तिको लागि मुख्य कार्यको रुपमा लिने गरिन्छ । तपाईले त्यस उत्पादनलाई बजारमा कसरि विक्रि गर्नुहुन्छ ,ग्राहकलाई कसरी जानकारी दिनुहुन्छ । विज्ञापनका तरिकाहरु र विज्ञापनको खर्च लगायत विषयमा जानकारी दिनुपर्दछ । 
बैक ऋण
ब्यवसायिक योजनाको पुर्णता नै ऋण प्राप्तिको लागि सहज मार्गको रुपमा रहने गर्दछ । ब्यवसायिक योजना तयार गर्दा आम्दानी र खर्चको प्रस्तुतीकरणमा विषेश ध्यान दिनुपर्दछ । बैकंमा ऋणको लागि प्रक्रिया गर्दा खर्च भन्दा आम्दानीको मार्गहरु प्रस्शस्त देखिने,गुणस्तरसँगै कम खर्च देखिने,ऋणको सहज भुत्तानी,ब्याज तिर्नका लागि पर्याप्त आम्दानी लगायतका कुराहरु ले पुर्ण ब्यावसायिक योजना तयार गर्नु पर्दछ ।
लेखक ः कुलचन्द्र ज्ञवाली
सैनामैना,रुपन्देही,नेपाल
सन्दर्भ सामाग्री ः विभिन्न तालिमका अनुभव तथा पत्रपत्रिकाहरु


प्रकाशित मिति: आईतबार, जेठ १६, २०७८, १६:३८:००
प्रतिक्रिया दिनुहोस्