स्थानीय

सैनामैनामा रहेकाे मलमलामा मलमल चौराबाबाको मन्दिर शिलान्यास

रेडियो टाइम्स
`

सैनामैना, १२ जेठ । 
थारु सभ्यता संग जाेडिएर रहेकाे रुपन्देहीको सैनामैना-६ स्थित मलमला क्षेत्रकाे विकास गरिने भएकाे छ । थारू समुदायको प्राचीनकाल देखि पुजाआज गरिदैआएकाे धार्मिक तथा ऐतिहासिक स्थल रहेकाे साे स्थानमा मलमल चौराबाबाको मन्दिर निर्माण गरिने भएकाे हाे । 
मन्दिरकाे एक कार्यक्रमका विच लुम्बिनी प्रदेशका संसद तथा नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले शिलान्यास गर्नु भयाे ।
मलमला क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने साे अवसरमा उहाँले बताउनु भयाे । थारू समुदायमा थारु संस्कृति तथा  पहिचान बाेकेकाे यस क्षेत्रलाई लुम्बिनी संग जाेडेर विकास गरिने उहाँको भनाई छ । मान्दिर निर्माण तथा अन्य पुर्वधार निर्माणका लागि बजेटकाे कमि हुन नदिने उहाँले प्रतिबद्धता गर्नु भयाे ।
प्रदेश सरकार मार्फत प्राप्त भएकाे रु ३० लाखको लागतमा यस वर्ष साे मन्दिर निर्माण कार्यकाे सुरूवात गरिने छ । मन्दिरकाे उपभोक्ता समिति मार्फत निर्माण गरिने थारू अगुवा तथा नेकपा एमाले नगर इन्चार्ज खुसिराम चौधरीले बताउनु भयाे ।


प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८, २२:४७:००
प्रतिक्रिया दिनुहोस्