स्थानीय

रूपन्देहीकाे सियारीमा स्वास्थ्य चौकी स्थापना

रेडियो टाइम्स
`

बुटवल, १२ जेठ । 
रुपन्देहीको मधेसी तथा थारु समुदायको बाहुल्यता रहेको सियारी गाउँपालिका वडा नं २ स्थित मैनहियामा स्वास्थ्य चौकी स्थापना भएको छ । 
अर्घाखाँची सिमेन्ट प्रालीको आर्थिक सहयोगमा निर्माण भएको चौकी भवनको लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र सिमेन्ट प्रालीका निर्देशक राजेश अग्रवालले आज संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । 
करिव रु. ७० लाखको लागतमा निमार्ण भएको स्वास्थ्य चौकीमा ६ कोठामा १० बेड छन । गाउँपालिकाको एक विगाहा भन्दा वढी क्षेत्रफलमा सो चौकी स्थापना भएको हो । 
सो अवसरमा लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोज प्रसाद श्रेष्ठले स्वास्थ्य चौकीको स्थापनाले समुदायले लाभ लिन आग्रह गर्दै विभिन्न स्थानीय तह मिलेर व्यवस्थित अस्पतालको रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो । 
उहाँले अक्सिजनको भरमा मात्र सञ्चालन भएका होम आइसोलेसनबाट जोखिम वढेको बताउनुभयो । 
लुम्विनी प्रदोश सभाका सदस्य तुल्सी प्रसाद चौधरीले नीजि क्षेत्र र सरकारी नियकायको सहकार्यबाट विकास संभव हुने बताउनुभयो । 
निर्देशक अग्रवालले सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य क्षेत्रमा लगानी गरेको जानकारी दिनुभयो । 
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले चौकीलाई कोभिड विशेष अस्पतालका रुपमा सञ्चालन गरिने बताउनुभयो । 
काेराेना भाइरसकाे जाेखिमकाे समय विभिन्न याेजना सहित  काेभिड नियन्त्रणका प्रयास गरिरहेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईले बताउनु भयाे । स्वास्थ्य चाैकी संचालन पश्चात् ग्रामिण क्षेत्रका असपासका बासिन्दा लाभान्वित हुने उहाँले बताउनु भयाे ।


प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८, २०:३३:००
प्रतिक्रिया दिनुहोस्