स्थानीय

रुपन्देहीमा थप दुई जना संक्रमितको मृत्यु

रेडियो टाइम्स
`

३१ वैसाख, बुटवल

 रुपन्देहीमा कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत बुटवल(११ का ५० वर्षीय र सैनामैनाका ८५ वर्षिय पुरुषको मृत्यु भएको हो ।
वैशाख २७ गते अस्पताल भर्ना भएका बुटवलका पुरुषको बिहीबार राति १०ः३४ बजे र २८ गते भर्ना भएका सैनामैनाका पुरुषको राति ११ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।


प्रकाशित मिति: १६ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्