स्थानीय

रुपन्देहीका थप तीनजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

रेडियो टाइम्स
`

२४ वैशाख, बुटवल

रुपन्देहीका थप तीनजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा दुईजना र कोरोना विशेष अस्पतालको आईसीयूमा एकजनाको मृत्यु भएको हो ।

बैशाख २० गतेदेखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत बुटवल तामनगरका ६५ वर्षीय पुरुषको बिहीबार राती १ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले जानकारी दिए ।
यस्तै वैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा(१ का ४३ वर्षीय पुरुषको शुक्रबार बिहान २स्२१ मा र बैशाख १९ गते देखि अस्पतालको इमर्जेन्सीमै उपचाररत तिलोत्तमा(१ की महिलाको बिहान ५ बजे मृत्यु भएको प्रवक्ता डा।गौतमले बताए ।     योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८, १४:०२:००
प्रतिक्रिया दिनुहोस्