स्थानीय

दाङमा जिप दुर्घटना हुँदा चालकको ज्यान गयो, २ जना घाइते

रेडियो टाइम्स
`

२२ वैशाख, दाङ

दाङको घोराही–मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिपमा सवार दुईजना घाइते भएका छन् ।बा १३ च ८०४८ नम्बरको स्कारपियो जित गएराति घोराही उपमहानगरपालिका वडा नं। ४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा चालक विष्णु गिरीको मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका वडा नं। १६ का २८ वर्षीय गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिकाका बसन्त भण्डारी र राजकुमार थापा घाइते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।राति दुर्घटना भएकाले कसैले थाहा नपाएको र बुधबार बिहान देखेपछि मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८, १०:५२:००
प्रतिक्रिया दिनुहोस्