राष्ट्रिय

काठमाडौं महानगरपालिकाले निषेधाज्ञा अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने

रेडियो टाइम्स
`

१६ वैशाख, काठमाडौं

काठमाडौं महानगरपालिकाले निषेधाज्ञा अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।  अस्पतालमा जानुपर्ने महानगरपालिकभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिन लागिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजश्वर ज्ञावालीका अनुसार ११८० र १०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने छ ।महानगरपालिकाले यसअघिदेखि नै महानगरका वृद्ध नागरिकका लागि यस्तो सुविधा दिँदै आएको छ ।


प्रकाशित मिति: बिहिबार, वैशाख १६, २०७८, १४:४२:००
प्रतिक्रिया दिनुहोस्