स्थानीय

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

रेडियो टाइम्स
`

१५ वैशाख, काठमाडौं

बाँकेमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचारको क्रममा नेपालगञ्ज–१७ की ३९ वर्षीया महिला र नेपालगञ्ज–१२ का ६५ वषीय पुरुषको मृत्यु भएको हो ।
३९ वर्षीया महिलाको वैशाख ८ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा मंगलबार राति १०ः३० बजे उनको मृत्यु भएको ओलीले बताए ।

कोरोना संक्रमण भएर वैशाख ६ गते अस्पताल भर्ना भएका ६५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार बिहान २ः३० बजे मृत्यु भएको उनले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८, १४:१६:००
प्रतिक्रिया दिनुहोस्