स्थानीय

सैनामैना होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघको आयोजनामा सरसफाई 

रेडियो टाइम्स
`

सैनामैना, वैशाख १० ।
सैनामैना होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघले रुपन्देहीको सैनामैना—४ मुर्गिया स्थित नवदुर्गा भवानी मन्दीरकोे परिसरमा सरसफाई गरेको छ । पर्यटन क्षेत्रको विकास र वातावरण स्वच्छ बनाउन यो अभियान सुरु गरिएको संघले बताएको छ । 
संघले धार्मिक तथा पर्यटकीय स्थलहरुमा नियमित सरसफाई कार्यक्रम गरिरहेको छ ।  सैनामैनामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सो कार्यक्रम गरिएको सैनामैना होटेल तथा रेष्टुरेन्ट ब्यवासयी संघका पर्यटन तथा सांस्कृति विभाग प्रमुख गोविन्द खरेलले बताउनु भयो । पर्यटकहरुलाई सैनामैना हेर्न तथा बस्न लायक बनाउन अभियानका रुपमा सरसफाई अभियानलाई नियमित गरिएको उहाँले बताउनु भयो । 
सैनामैनामा रहेका ऐतिहासिक महत्व बोकका धार्मीक तथा पर्यटीकय क्षेत्रको विकासमा हातेमालो गर्न होटल ब्यवसायी संघले खेलेको भुमिका प्रशंसा योग्य रहेको नवदुर्गा भवानी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर बानियाँले बताउनु भयो । 
सैनामैनालाई लुम्बिनीसंग जोडेर बिकास गर्नु पर्ने र यस कार्यमा सरोकारवालाहरु संग हातेमालो गरेर काम गर्न तयार रहेको संघका अध्यक्ष खिमराज पौडेलले बताउनु भयो । 
कार्यक्रममा सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ सल्लाहकार ढुण्डीराज न्यौपाने, संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण सेन लगाएतले सैनामैनाको विकास गर्नु पर्नेमा जोड दिनु भएको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८, १८:३१:००
प्रतिक्रिया दिनुहोस्