राष्ट्रिय

आज  सुन तोलामा २ सय रुपैयाँले बढ्यो

रेडियो टाइम्स
`

बैशाख ५, काठमाण्डौ

सुनको भाउ फेरि बढ्न थालेको छ ।हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर सुनको भाउ ९० हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

अस्ति तोलामा सुनको भाउ ९० हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  


प्रकाशित मिति: आईतबार, वैशाख ५, २०७८, १३:२८:००
प्रतिक्रिया दिनुहोस्