स्थानीय

कुमारी बैंकको २० औ स्थापना दिवसको अवसरमा सरसफाई तथा डस्टविन वितरण

रेडियो टाइम्स
`

सैनामैना, चैत्र २१ 
काठमाण्डौं केन्द्रिय कार्यलय रहेको कुमारी बैंकको २० औ स्थापना दिवस शनिबार विभिन्न कार्यक्रम गरि मनाईएको छ । सो अवसरमा रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा रहेको शाखाले मुर्गिया स्थित नव दुर्गा भवनी मन्दिरमा सरसफाई तथा डस्टविन वितरण गरेको छ ।  
आम्दानीको केही भाग सेवाको भावले सामाजिक क्षेत्रमा लागउनु सर्हनीय कार्य भएको सैनामैना नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष रत्न बहादुर पौडेलले बताउनु भयो  । 
बैंकको नीतिअनुसार अगामी दिनहरुमा पनि यस खालका कार्य गरिने बैंकका मुर्गिया शाखा सहायक ब्यवस्थापक झविन्द्र भट्टराईले बताउनु भयो । 
कार्यक्रममा सुन्दर विकास अभियान नेपालका अध्यक्ष दुर्गा गौतम, मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष केशव राज न्यौपाने, सचिव राम प्रकास गौतम, रेडियो टाइम्सका प्रवन्धक नरेश चौधरी लगाएतले बोल्नु भएको थियो । 
कार्यक्रम कुमारी बैंक मुर्गिया शाखाका सहायक झविन्द्र भट्टराईको अध्यक्षता सैनामैना नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रत्न बहादुर पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
 


प्रकाशित मिति: शनिबार, चैत २१, २०७७, २०:३६:००
प्रतिक्रिया दिनुहोस्