स्थानीय

गुल्मीमा नुहाउन गएकी बालिकाको डढेलोमा परेर मृत्यु

रेडियो टाइम्स
`

२१ चैत, गुल्मी

 घरबाट नुहाउन गएकी गुल्मीकी नौ वर्षीय संगीता परियारको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको छ।

धुर्कोट गाउँपालिका(७ की संगीता घरनजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलीमा परी शुक्रबार दिउँसो करिब १ बजे जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।


प्रकाशित मिति: शनिबार, चैत २१, २०७७, १२:३२:००
प्रतिक्रिया दिनुहोस्