राष्ट्रिय

प्रधानमन्त्री ओलीद्वारा १६५ सडक निर्माणको शिलान्यास

रेडियो टाइम्स
`

२१ चैत, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास  गरेका छन्।

ओलीले भर्खरै बालुवाटारस्थित प्रधानमन्त्री निवासबाटै १६५ वटा निर्वाचन क्षेत्रमा सडकको शिलान्यास गरेका हुन्। प्रधानमन्त्रीले स्विच थिचेर सडक निर्माणको शिलान्यास गरेका हुन्। प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा सडक शिलान्यास भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले गत फागुनमा पनि मदन भण्डारी राजमार्गको सुनसरीको धरानदेखि झापाको बाहुनडाँगी खण्डमा निर्माण हुने ३१ वटा पुलको एकैपटक शिलान्यास गरेका थिए।


प्रकाशित मिति: शनिबार, चैत २१, २०७७, १२:२३:००
प्रतिक्रिया दिनुहोस्