लुम्बिनीमा वैकल्पिक सरकारको कसरत , कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने
स्थानीय
बारामा होली खेल्ने क्रममा झडप हुँदा एक महिलाको मृत्यु

१७ चैत, वीरगञ्ज
बाराको कलैया उपमहानगरपालिका–२३ भतौडामा होली खेल्ने क्रममा भएको विवादका क्रममा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीया सन्जा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सोमबार भएको झडपमा अन्य ६ जना सामान्य घाइते भएका छन् । स्थानीय गिर्जा देवी, रामदेव शाह, राजेश साह, विन्देशवर साह, अम्बिका साह, रामप्रसाद साह सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ‘झडपकै क्रममा उनको मृत्यु भएको भनिएको छ, शरीरमा बाहिरी चोटपटक देखिंदैन,’ उनले भने, ‘अन्य केही सामान्य घाइते भएकोले झडप त भएको बुझिन्छ, के कसरी झगडा भयो रु कसले हान्यो रु त्यसबारेमा अनुसन्धान गरिरहेका छौं ।’
उनले मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
यसैगरी कलैया उपमहानगरपालिका–२६ का वडाध्यक्ष महेश साह, वडासचिव र एक महिलामाथि कुटपिट भएको छ । होली खेल्ने क्रममा भएको झगडा छुट्याउन गएका वडाध्यक्ष साहमाथि नै कुटपिट भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।
थप समाचार

लोकप्रीय समचार
- सियारी गाउँपालिकाका किसानहरुलाई ४८ लाख बढी अनुदान रकम वितरण
- सैनामैनामा वसपार्क र व्यवसायिक भवन निर्माण कार्य सुरु
- पर्रोहा माविको भवन शिलान्यास
- रुपन्देहीको सैनामैनामा रहेको आँधिखोला—बैकुन्ठपुरबाटो सिलान्यास
- सैनामैनामा खानेपानी ट्याङ्कीको शिलान्यास
- लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता वृद्धि हुँदै
- महासंघको निर्वाचनका लागि प्रेस चौतारीको भेला,घिमिरेको नेतृत्वमा ५ सदस्यीय कार्यदल
- वीरगञ्जबाट ब्राउन सुगरसहित एक किशोर पक्राउ