लुम्बिनीमा वैकल्पिक सरकारको कसरत , कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने
स्थानीय
लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता वृद्धि हुँदै

१० चैत, कपिलवस्तु
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको सङ्ख्या नै अत्यधिक रहेको छ । कोषको तथ्याङ्कअनुसार बन्दाबन्दी खुलेपछि एक लाख ४१ हजार ५७९ नेपालीले लुम्बिनी भ्रमण गरेका छन् ।
यसैगरी, पाँच हजार ७४८ भारतीय र १२० विदेशी नागरिकले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । कोषका सदस्यसचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरुको सङ्ख्या बढिरहेको बताए । कोरोनाका कारण मान्छेहरुमा सृजना भएको निराशा र चिन्ता हटाउन लुम्बिनीको भ्रमण फलदायी हुने पनि शाक्यले बताए ।
सामान्य अवस्थामा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या अत्यधिक रहने गरेकामा कोरोनाका कारण अधिकांश देशमा वैदेशिक हवाई उडान र सीमानाकामा सहज आवतजावतसमेत नरहेको हुँदा यतिबेला विदेशी नागरिक लुम्बिनी आउन चाहेर पनि आउन नसकेको पर्यटन पुनरोत्थान समिति लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले बताए ।
उनले भने, ‘लुम्बिनीको पर्यटन पुनरोत्थानका लागि हामीले नेपाल पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार र पर्यटन सम्बद्ध विभिन्न निकायसँग मिलेर विभिन्न अभियान चलाइरहेका छौँ । यसले लुम्बिनी घुम्न जान मान्छेहरुलाई उत्प्रेरित गर्नेछ ।”
गत फागुन तेस्रो हप्ता लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ब्रान्डिङसमेत गरिएको थियो । साथै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मीको नेतृत्वमा पर्यटन क्षेत्रका विज्ञहरुको समूहले मायादेवी प्रसूति मार्गको स्थलगत अवलोकनसमेत गरेको थियो ।
थप समाचार

लोकप्रीय समचार
- सियारी गाउँपालिकाका किसानहरुलाई ४८ लाख बढी अनुदान रकम वितरण
- सैनामैनामा वसपार्क र व्यवसायिक भवन निर्माण कार्य सुरु
- पर्रोहा माविको भवन शिलान्यास
- रुपन्देहीको सैनामैनामा रहेको आँधिखोला—बैकुन्ठपुरबाटो सिलान्यास
- सैनामैनामा खानेपानी ट्याङ्कीको शिलान्यास
- लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता वृद्धि हुँदै
- महासंघको निर्वाचनका लागि प्रेस चौतारीको भेला,घिमिरेको नेतृत्वमा ५ सदस्यीय कार्यदल
- वीरगञ्जबाट ब्राउन सुगरसहित एक किशोर पक्राउ