स्थानीय

सैनामैनामा खानेपानी ट्याङ्कीको शिलान्यास

रेडियो टाइम्स
`

सैनामैना ।

सैनामैना ५ मा रहेको बुद्धनगर खानेपानी संस्थाको नँया ट्याङ्की शिलन्यास गरिएको छ । पुरानो ट््याङकीले बर्तमान आवादिको स्वच्छ पानीको मागलाइ थेग्न नसकेपनि नँया ट्याङकी निर्माण गर्न लागिएको हो ।

प्रदेशका सम्पुर्ण जनताको घर घरमा स्वच्छ पानी पुर्याउने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै बसाइ सराइको चाप बढदै जादा यस क्षेत्रमा पानीको माग बढेपछि आफुहरुले यस योजनाका लागि बजेट बिनियोजन गरिएको रुपन्देही निर्वाचन क्षेत्र नं पाच क का प्रदेश सरकारका सांसद सत्ता पक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनुभयो । ढकालले रकम अभावका कारण कुनै पनि योजना प्रभावित हुन नहुने भन्दै कुनैपनि योजनामा बजेट अभाव हुन नदिने जिकिर गर्नुभयो ।

वडाको आवश्यकतामा प्रदेश र केन्द्र सररकारले हात दिएको भन्दे सैनामैना पाँचका वडा सदस्य परसुराम सापकोटाले सुरुका वर्षमा कानुन निर्माण गर्नलाग्दा काम ढिलो भएपनि अहिले वडामा बिकासको गतिले तिब्रता पाएको बताउनुभयो ।

२ करोड ४० लाखको लागतमा बन्न लागेको सो ट्याङ्की ४ लाख ५० हजार क्षमताको हुने छ । बिडारी जे बि निर्माण सेवाले सो ट्याङ्की निर्माणको जिम्मा पाएको छ । ट्याङ्की निर्माण कार्य १८ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षता, प्रदेश सांसद भुमिश्वर ढकालको प्रमुख अतिथ्यता, वडा अध्यक्ष परसुराम शर्मा, वडा सदस्य, बिभिन्न खानेपानि, टोल बिकास संस्थाका प्रतिनिधि,लगायतको आतिथ्यतामा भएको कार्यक्रममा सल्लाहकार सदस्य धनप्रसाद पौडेलको स्वागत तथा कोषाध्यक्ष भोजराज शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित मिति: सोमबार, चैत ९, २०७७, २२:४९:००
प्रतिक्रिया दिनुहोस्