स्थानीय

पर्रोहा माविको भवन शिलान्यास 

रेडियो टाइम्स
`

सैनामैना, चैत्र ४ 

रुपन्देहीको सैनामैना ४ मुर्गिया स्थित पर्रोहा माध्यमिक विद्यालयको १८ कोठे भवनको शिलान्यास गरिएको छ । बुधवार एक कार्यक्रमकाबिच राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले उक्त भवनको शिलान्यास गर्नुभयो । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्नका लागि सरकारले शिक्षा सँगै भौतिक पुर्वाधारमा बजेट बिनियोजन गरेको बताउनुभएको छ । उहाँले सरकारले शिक्षा क्षेत्रलाई प्रथाममिकताका साथ अगाडि बढाएको बताउँदै प्राविधिक शिक्षामा समेत जोड दिएको बताउनुभयो । विद्यालयको भवन निर्माण योजना समयमै सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समिति सँगै स्थानीयको पनि महत्वपुर्ण भुमिका हुने भट्टराईको उल्लेख छ ।  

नगर प्रमुख चित्र बहादुर कार्कीले नगरको शिक्षामा क्षेत्रमा सुधार ल्याउनका लागि सामुदायिक विद्यालयमा बजेट उपलब्ध गराईरहेको बताउनुभयो । उहाँले यस क्षेत्रलाई शिक्षाको हबको रुपमा विकास गर्दै प्रविधिको क्षेत्रमा समेत फड्को मार्न विद्यालयमा आइसिटी मार्फत अध्यापन हुने गरेको धारणा राख्नुभयो । नगर प्रमुख कार्कीले यस विद्यालयको भौतिक एवम् शिक्षा क्षेत्रको विकास लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । 

विद्यालयको शैक्षिक विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीको भनाइ छ । उहाँले यस विद्यालयलाई नमुना विद्यालयको रुपमा अगाडि बढाउन आफु सँगै व्यवस्थापन समित लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

१८ कोठे भवन निर्माणका लाग २०७७ साल माघ २१ गते के एण्ड केजी र जय अम्बे जे.भीबिच ठेक्का सम्झौता भएकोे थियो । भ्याटसहित २ करोड ७७ लाख ८३ हजार ५ सय ८८ रुपैँया लागत रहेको उक्त भवनको निर्माण कार्य २०७७ माघ १५ गते सम्म सम्पन्न गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता, राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेश सभा सदस्यद्धय भोजप्रसाद श्रेष्ठ,कमला विश्वकर्मा, सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना रानाको विशिष्ठ आतिथ्यता तथा वडा नं ४ का वडाध्यक्ष धन बहादुर कार्की, वडा नं ३ का वडाध्यक्ष रत्न बहादुर पौडेल, वडा नं ५ का वडाध्यक्ष पर्शुराम सापकोटा, नगर शिक्षा शाखा प्रमुख हेमराज अर्याल, मिन प्रसाद पौडेल, प्राचार्य बलबहादुर केसी लगायतको आतिथ्यतामा भएको हो । 


प्रकाशित मिति: बुधबार, चैत ४, २०७७, १९:४३:००
प्रतिक्रिया दिनुहोस्