स्थानीय

गैडहवा गाउँपालिका को आर्थिक सहयोगमा आधारभुत तथा एड्भान्स सिलाई कटाई तालिम  तथा मेसिन प्रदान

रेडियो टाइम्स
`

बुटवल, चैत १
 गैडहवा गाउँपालिका र वडा नम्बर ८ को आर्थिक सहयोगमा नमस्ते बाल बचाऊ नेपाल रुपन्देहीको आयोजनामा मैनहियामा जारी  महिलाहरुका लागि ३ महिनो आधरभुत सिलाई कटाई तालिम तथा २ महिने एड्भान्स डिजाईन तालिम समापन भएको छ ।  शनिवार  मैनहिया मा एक कार्यक्रमको आयोजना गरी तालिम समापन गरिएको हो ।
ग्रामेन्ट मेसिन १४  र  साधारण खालको ६ वटा गरी २० वटा सिलाई मेसिन समेत प्रदान गरिएको हो ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैडहवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष  भुवन बहादुर राना ले सिकेको सिपलाई व्यवहारमा लागू गर्नका लागि आग्रह गरे । उनले  महिला समुहको पहलमा गार्मेन्ट उद्योग स्थापना गर्नका लागि आग्रह गर्दैै यसको लागि गाउँपालिका वडा वडा कार्यालयबाट अनुदानमा ऋण प्रदान गर्ने समेत प्रतिवद्धता जाहेर गरे । 
कार्यक्रममा बोल्दै  नमस्ते बाल बचाउ नेपाल रुपन्देहीका अध्यक्ष जगन्नाथ बस्यालले  गाउँपालिकामा रहेको विपन्न महिलाहरुलाई आत्मनिर्भर बन्ने गरी  सिलाई कटाई तालिम प्रदान गर्नुको साथै मेसिन समेत प्रदान गरिएको जानकारी दिए ।   उनले खेरा गईरहेको समयलाई सदुपयोग गरी आत्मनिर्भर बन्ने तर्फ महिलाहरुले विशेष पहल गर्नुपर्ने भन्दै आफ्नो संस्थाले यसमा भपुर्णरुपमा सहयोग गर्दै  जाने समेत प्रतिवद्धता जाहेर गरे । 
कार्यक्रममा  प्रशिक्षार्थी माया विसी, वडा सदस्य बेचन कुमाल, समाजसेवी मान बहादुर थापा, देउराली टोल विकास संस्थाका अध्यक्ष चन्द्र प्रसाद गौचन,   सुरक्षित आमा समुहका अध्यक्ष हर्की मर्गनी लगायतले आ आफ्नो भनाई राखेका थिए । 


प्रकाशित मिति: आईतबार, चैत १, २०७७, १२:३०:००
प्रतिक्रिया दिनुहोस्