बाँकेमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु ,दुईजना घाइते
स्थानीय
गुल्मीमा ससुराको हत्या गरेको आरोपमा प्रहरीद्धारा बुहारीलाई पक्राउ

११ फागुन ,गुल्मी
गुल्मीमा ससुराको हत्या गरेको आरोपमा बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ३ की ४२ वर्षीया मनकला ज्ञवालीले गत शनिबार राति पौने दश बजे ८७ वर्षीय ससुरा नन्दकुमार ज्ञवालीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।
मनकलालाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको छ।यस्तै, मुसिकोटमा शिवालय तोडफोड गर्ने जंगबहादुर खातीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
खातीले फागुन ४ गते मुसिकोट नगरपालिका वडा नम्वर १ मा पुनस्निर्माण भइरहेको शिवमन्दिरको भित्तोलाई फलामको घनले तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो।खातीलाई पनि जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
थप समाचार

लोकप्रीय समचार
- रुपन्देहीको सैनामैनामा ब्यवस्थित हाटबजार निर्माण (फोटो फिचर)
- सैनामैना बस्दै आएकी मृगौला पिडितलाई आर्थिक सहयोग
- महिलाहरुलाई सिप सिकाउदै सियारी गाउँपालिका, मखमलको जुत्ता र झोला बनाउने तालिम समापन
- रामजानकी मन्दिर तथा जग्गा गाउँपालिकाको सक्रियतामा संरक्षण गरिदै, गलत प्रचारको खण्डन
- सैनामैनामा लाग्ने एक सय ११ओैं भड्छा महाेत्सव माघ २८ गते देखि
- राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी
- रुपन्देहीको सियारीमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम
- रुपन्देही उद्योग संघ र सियारी गाउँपालिकाबीच औद्योगिक विकासका विषयमा अन्तरक्रिया