राष्ट्रिय

सुनको मूल्य तोलामा ११ सयले बढ्यो

रेडियो टाइम्स
`

११, फागुन, काठमाडौं

सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ ।

आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको सुनको भाउ ८९ हजारमा यो साता सुरु भएको सुनको कारोबार सोमबार स्थिर रह्यो । यस्तै चाँदीको प्रतितोला मूल्य मंगलबार बृद्धि भएको छ । सोमबारको तुलनामा तोलामा २५ रुपैयाँले बढेर चाँदीको कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, १२:१६:००
प्रतिक्रिया दिनुहोस्