स्थानीय

दाङमा जीपले ठक्कर दिँदा अटो चालकको ज्यान गयो, पाँच जना घाइते

रेडियो टाइम्स
`

 फागुन ११, दाङ  

दाङको तुलसीपुरमा जीपले अटोलाई ठक्कर दिँदा अटो चालकको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । जीपको ठक्करबाट गम्भीर घाइते भएका शान्तिनगर गाउँपालिका(१ पेदीखोलाका ३० वर्षीय रमेश विकको हिजोराति बाँकेको कोहलपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । 

सोमवार दिउँसो तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका(८ दुघेनामा ठोक्किएर दुर्घटनामा भएको हो।  

गम्भीर घाइते विकलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर अस्पतालमा रेफर गरिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये अटोमा रहेका शान्तिनगर(१ की ३० वर्षीया रुपा वली, उनकी २ वर्षीया छोरी पुष्पा वली र शान्तिनगर(२ की ४१ वर्षीया शारदा केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  उनीहरु तीनै जनालाई थप उपचारको लागि कोहलपुरमा रेफर गरिएको छ ।

अटोमै रहेका अन्य दुई जना घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्छ प्रहरीले जनाएको छ।जीप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, ११:५०:००
प्रतिक्रिया दिनुहोस्