बाँकेमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु ,दुईजना घाइते
स्थानीय
दुधराक्ष देवीस्थान खानेपानीे साधारण सभा सम्पन्न

फागुन ८ सैनामैना
प्रदेश सरकारको बजेटको ठुलो हिस्सा खानेपानीमा लगानी गर्दै आएको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा सत्तापक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनु भएको छ । आज सैनामैना ८ स्थित दुधराक्ष देवीस्थान खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै सो बताउनु भएको हो ।
संघिय, प्रदेश र स्थानीय सरकारको समन्वयमा सैनामैनाको खानेपानी संस्थाहरुमा प्रयाप्त लगानी गर्दै आएको समेत प्रदेश सभा सदस्य ढकालले बताउनु भएको हो । “जनसंख्याको बृद्धिसंगै खानेपानीमा पनि सरकारको ध्यान पु¥याएको छ ।” सासंद ढकालले भन्नु भयो ।
सैनामैनाका सम्पुर्ण खानेपानी संस्थाहरुको सृद्धिकरणका लागि आवश्यक बजेट बिनियोजन गर्दै आएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । सैनामैनामा तिव्र रुपमा बस्ती बिकास हुदै गएको अवस्थामा भबिस्यको जनधनत्वलाई समेत ध्यानमा राखेर खानेपानीको सम्पुर्ण समस्या समाधानका लागी सहरी खानेपानी आयोजना संचालन गर्न लागिएको समेत प्रमुख कार्कीले बताउनु भएको हो ।
खानेपानी जनताको मौलिक हक भएकोले खाने पानी उपलब्ध गराउनु सरकार र खानेपानी संस्थाको दायित्व भएको खानेपानी डिभिजन कार्यालयका प्रमुख राज कुमार चौधरीले बताउनु भएको छ । सैनामैनामा खानेपानीको अवस्था बिगतमा भन्दा धेरै फड्को मारेको बताउदै डिभिजन प्रमुख चौधरीले पानीको स्रोत जोगाउन आवश्यक योजना सबै खानेपानी संस्थाले गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बिष्णु पाण्डेले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै भाबि योजना राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका पुर्व ब्यवस्थापन समिति, लेखा समिति तथा कर्माचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेकपाका चेत नारायण न्यौपाने, नेपाली काग्रेसका राम प्रसाद अधिकारी, नेकपा क्रान्तिकारीका एकदेव पौडल, संस्थाका सल्लाहकार खडानन्द खनाल, रामापुर माविको प्राचार्य कृष्ण पौडेल, सहिद नारायण यदुलाल पन्थ, खानेपानीको तर्फबाट छवि पाठक, मुर्गिया खानेपानी कृष्ण कंडेल, उपभोक्ताको तर्फबाट पम्फा बि.क., रण बहादुर खनाल टोल बिकास संस्थाका पिताम्बर ज्ञवाली लगायतले खानेपानीका बिषयमा बोलेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष देवी भण्डारी स्वागत गरेका थिए भने सचिव झबिन्द्र प्रसाद खनालको संचालनमा सम्पन्न भएको थिया
थप समाचार

लोकप्रीय समचार
- रुपन्देहीको सैनामैनामा ब्यवस्थित हाटबजार निर्माण (फोटो फिचर)
- सैनामैना बस्दै आएकी मृगौला पिडितलाई आर्थिक सहयोग
- महिलाहरुलाई सिप सिकाउदै सियारी गाउँपालिका, मखमलको जुत्ता र झोला बनाउने तालिम समापन
- रामजानकी मन्दिर तथा जग्गा गाउँपालिकाको सक्रियतामा संरक्षण गरिदै, गलत प्रचारको खण्डन
- सैनामैनामा लाग्ने एक सय ११ओैं भड्छा महाेत्सव माघ २८ गते देखि
- राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी
- रुपन्देहीको सियारीमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम
- रुपन्देही उद्योग संघ र सियारी गाउँपालिकाबीच औद्योगिक विकासका विषयमा अन्तरक्रिया