स्थानीय

रामजानकी मन्दिर तथा जग्गा गाउँपालिकाको सक्रियतामा संरक्षण गरिदै, गलत प्रचारको खण्डन

रेडियो टाइम्स
`

रुपन्देही फागुन ७ ।
करिब २ सय वर्ष पुरानो इतिहास बोकेको रुपन्देही जिल्लाको सियारी–३ स्थित रामजानकी मठ, र मन्दिरको जग्गाको स्थानीयहरुको सकृयतामा गाउँपालिकाले संरक्षण गर्न लागेको छ । ऐतिहासिक मन्दिरलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न तथा मन्दिरको चलअचल सम्पत्ती संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाको सहकार्यमा स्थानियहरुको सकृयतामा सो मठको संरक्षण गर्नका लागिएको हो ।
गुठी तथा मन्दिरको नाममा करिब ६० विगाहा जमिन छ र चलअचल सम्पत्ती रहेको छ । मठको जग्गा यकिन गरि जग्गा संरक्षण तथा इतिहास बोकेको रामजानकी मन्दिर संरक्षण गरिने सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । उहाँले भन्नु भयो—“सो मठका महन्त प्रमुख संरक्षक भनिने रविन्द्रदास वैष्णवले गुठीको सम्पत्तीको दुरुपयोग गरे, मन्दिरको विकास गरेनन् मन्दिरको विकास हुन नसक्दा स्थानीयहरु पनि रुष्ट छन् ।” राज्यको ऐन–नियम अनुसार मन्दिर तथा मठको जग्गा संरक्षण र विकास गरिने उहाँको भनाई छ । गाउँपालिका भित्र रहेको सर्वजनिक सम्पत्ति, मठमन्दिर, ऐतिहासीक स्थल लगाएतको संरक्षण गाउँपालिकाले गर्ने उहाँले बताउनु भयो । 
भैसाखादरमा रहेको रामजानकी मन्दिरलाई लुम्विनी संग जोडेर पर्यटकीय स्थालका रुपमा विकास गर्न सकिने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनुभयो । मन्दिरको विकासका लागि बजेट विनियोजन गएिको र  मन्दिरको आवश्यक भौतिक पुर्वधारको विकास गरिने तथा जग्गा संरक्षणका लागि तारवार लागाईने उहाँले जानकारी दिनु भयो ।  
मन्दिरमा रहेका संरक्षक भनिने महन्तको ब्यक्तिगत स्वार्थले गर्दा सम्पत्तीको दुरुपयोग भएको र अहिले सम्म मन्दिरको सामान्य मर्मत सम्भार समेत हुन नसकेको स्थानियहरु बताउछन् । गुठीको जग्गालाई यकिन, ब्यवस्थित तथा संरक्षण गर्न नसक्दा जग्गा अतिक्रमणमा पर्ने गरेको छ भने कतिपय भू–माफियाले चलखेल समेत गर्ने गरेको स्थानियहरुको भनाई छ । मन्दिरमा रहेको जग्गा संरक्षण हुनु पर्ने, मन्दिरको आम्दानी मन्दिरको विकासमा लगाउनु पर्ने, हिसाव किताव पारदर्शी तरिकाले राख्नु पर्ने, स्थानिय तथा अन्य सवै भक्तजनहरुले पुजापाठ गर्न पाउनु पर्ने लागयतका माग आफुहरुले विगत देखि नै उठाउदै आएको स्थानिय सोमै थारु बताउछन् ।
स्थानियको सकृयता तथा गाउँपालिकाको सहकार्यमा मन्दिर संरक्षण सम्वद्र्धन तथा संचालन गरिने सियारी गाउँपालिका वडन नं. ३ का वडा अध्यक्ष घिसन अहिरले बताउनु भयो । उहाँले भन्नुभयो—“प्रमुख संरक्षक भनिने महन्तले अहिले सम्म कुनै किसिमको हिसाव किताव अडिट रिर्पाट गरेका छैनन्, मन्दिरको जग्मा भएका काठ जथाभवी कटान गरि बेचविखन गरेकोछन्, मन्दिरको जग्गामा माछा पालन गर्न दिएका छन्, गाउँबासिबाट रकम जथा भावी असुली गरेकाछन् र त्यसको कुनै हिसाव दिएका छैनन् । हामीले स्थानीयको सकृयतामा समिति गठन गरि हिसाव किताव परदर्शी बनाऔं भनेकाछौं, जग्गा संगै मन्दिरको विकास गरौं भनेका छौं ।” ऐतिहासीक मन्दिर ओझेलमा परेको र जग्गा समेत अतिक्रमणमा परेकोले स्थानियहरुको अगुवाईमा यसको संरक्षणका लागि ११ सदस्यीय मन्दिर संरक्षण समिति गठन गरिएको समेत उहाँले जानकारी दिनुभयो । 
राजनीतिक चलखेलले गर्दा मठको विकास हुन नसकेको मठका महन्त प्रमुख संरक्षक भनिने रविन्द्रदास वैष्णवको आरोप छ ।
गलत प्रचार गरिएको प्रति गाउँपालिकाको अपात्ति
गाउँपालिकाले सार्वजनिक र गुठी जग्गा संरक्षण गर्नुको सट्टा अतिक्रमण भयो भनेर समाचार तथा प्रचार गरिएको प्रति अपात्ति जनाएको छ ।  सो आरोप झुट्टा रहेको बताउँदै गाउँपालिकाले विहिबार प्रत्रकार सम्मेलन गरि स्पष्ट पारेको छ । सार्वजनिक सम्पतीको दुरुपोग हुन नदिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ । गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले सार्वजनिक जग्गा संरक्षण गर्नु आफूहरूको दायित्व भएको बताउनु भयो । लक्ष्मीनारायण मन्दिरको जग्गा जनप्रतिनिधिका आफ्न्तहरुलाई अतिक्रमण गर्न दिइयो भनेर भ्रम छरिएको अध्यक्ष थारूले बताउनु भयो । 
लक्ष्मीनारायाण मठ मटियानीबाट प्राप्त पत्रको आधारमा सञ्चाल र सम्बद्र्धन तथा संरक्षण समिति तयार गरी संरक्षण कार्यमा सहयोग गर्न वडा नम्बर ३ को कार्यालयलाई पत्रचार गरिएको छ ।
रामजानकी मन्दिरको आय तथा सम्पतीमाथि भएको अनियमतिताको विषयमा २०७१ पुस १३ गते बसेको तत्कालित हर्नैया गाविसको सर्वदलीइ बैठकमा छलफल गरी जिल्ला प्रशासन कार्यालयमा कावरावहीका लागि सिफारिस गर्ने निर्णयको प्रतिलिपिको प्रमाण रहेको थारूको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष अमृता गुरूङले सिस्टमलाई फलो गर्दै जग्गा संरक्षण गर्न गर्दै अगाडि बढिएको जानकारी दिनु भयो । 


प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७, १३:०१:००
प्रतिक्रिया दिनुहोस्