अन्तराष्ट्रिय

भारतको मध्य प्रदेशमा बस दुर्घटना , कम्तीमा ३७ जनाको ज्यान गयो

रेडियो टाइम्स
`

 फागुन ४, काठमाण्डौ

भारतको मध्य प्रदेशको सिधी जिल्लामा मङ्गलवार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा २० जना पुरुष, १६ जना महिला र एक चार वर्षीय बालक भएको बताइएको छ ।मध्य प्रदेशको राजधानी भोपालदेखि झण्डै साढे पाँच सय किलोमिटरमा पर्ने रामपुर नैकिनमा बिहान बस वाणसागर नदीमा खसेको हो । 

बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको भए पनि स्थानीय प्रशासनले भने दुर्घटनाग्रस्त बसमा कति जना रहेको भन्नेबारेमा यकिन भइ नसकेको जनाएको छ । नदीमा खसेकामध्ये सात जना यात्रुलाई बचाउन सकिएको स्थानीय प्रशासनले जनाएको छ ।बेपत्ता यात्रुहरूको गोताखोरले खोजी गरिरहेका छन् । 


प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७, १४:४०:००
प्रतिक्रिया दिनुहोस्