स्थानीय

महिलाहरुलाई सिप सिकाउदै सियारी गाउँपालिका, मखमलको जुत्ता र झोला बनाउने तालिम समापन

रेडियो टाइम्स
`

रुपन्देही माघ २८ ।
रुपन्देहीको सियारी गाउँपालिकाले विभिन्न समयमा गाउँपालिका भित्र रहेका महिलाहरुलाई विभिन्न किसिमका सिप सिकाई रहेको छ । महिलाहरुलाई आत्मानिर्भर गराउने उद्देश्यले गाउँपालिकाले विभिन्न किसिमका सिपमुलक तालिम सिकाईरहेकोे हो ।

गाउँपालिकाले वडा नं. ५ वनघुसरीमा संचालित निशुल्क मखमलको जुत्ता तथा झोला बनाउने तालिमको समापन गरिएको छ । सियारी गाउँपालिकाको सहयोग तथा, ए फोर ट्रेनिङ्ग सेन्टरको व्यवस्थापनमा १५ दिने तालिमको समापन गरेको हो । 

सिपले आयआर्जन गर्ने वातावरण सृजना गर्ने र पारिवारको आयस्रोतमा वृद्धि गर्ने हुंदा यस खालका तालिम अगामी दिनहरुमा पनि गरिने सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । कतिपय युवाहरु सिप नभएका कारण दःुख पाउने गरेको र स्वादेशमै रोजगार श्रृजना गर्नका लागि सिपमुलक तालिमको आयोजना गरिएको उहाँको भनाई छ ।

सिकेका सिपलाई प्रशिक्षर्थीहरुलाई ब्यवहारमा उतार्न गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले अनुरोध गर्नु भयो । जनप्रतिनिधि आईसकेपछि विभिन्न किसिमका तालिमहरु प्रदान गरिएको वडा अध्यक्ष थम्मन बहादुर पौडेलले बताउनु भयो । सहभागी प्रशिक्षर्थीहरुलाई व्यवसयी बनाउन वडा कार्यलयले सहयोग गर्नेले उहाँको भनाई छ । उहाँले भन्नु भयो— “यदी यस तालिममा सहभागी भएकाहरु मिलेर आए भने बाजार ब्यवस्थापनमा हामी सहयोग गर्छौ, समान राख्नका लागि कोठा भडा निशुल्का हामी उपलब्ध गराउछौं ।”

तालिममा सहभागी प्रशिक्षर्थीहरुले निरन्तर काम गरे उद्यमी गर्नेहरुलाई गाउँपालिकाबाट पुरास्कार दिने कार्यपालिका सदस्य देवकी खरेलले बताउनु भयो ।

ए फोर ट्रेनिङ्ग सेन्टरका प्रवन्धक निर्देशक हेमा वेलबासे केसिले प्रशिक्षर्थीहरुले तालिम तथा कामलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । 

कार्यक्रममा वडा सदस्यहरु श्याम शर्मा भुसाल, गोरख थारु, गीता हरिजन लगाएतले तालिमका बारेमा बोल्नु भएको थियो । तालिममा २३ जना महिलाहरुको सहभागिता रहेका थियो ।

गाउँपालिकाले जनप्रतिनिधि आई सकेपछि अहिले सम्म सिलाई कटाई, कढाई, बुटिक, फेसन डिजाईन, ड्राईभिङ, कुक, दोभासे तालिम, महिलाहरुलाई बाध्यबाधन तालिम, अचार बनाउने तालिम, कानुनी सचेतना लगाएतका तालिम दिईसकिएको गाउँपालिकाले जनाएको छ ।


 


प्रकाशित मिति: बुधबार, माघ २८, २०७७, १८:०१:००
प्रतिक्रिया दिनुहोस्