खेलकुद

राष्ट्रिय महिला लिग फुटबलमा आर्मीले वालिङलाई २–० ले हरायो

रेडियो टाइम्स
`

 माघ २७, काठमाण्डौ

राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको मङ्गलवारको पहिलो खेलमा आर्मीले वालिङलाई दुई–शून्यले हराएको हो ।
आर्मीको जितमा शर्मिला थापाले र विमला चौधरीले एकरएक गोल गरे । शर्मिलाले खेलको पहिलो मिनेटमै गोल गर्दा विमलाले ४३ औँ मिनेटमा गोल गरिन् ।

जितसँगै आर्मीले आठ खेलमा १९ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको एपीएफको सात खेलमा २१ अङ्क छ । वालिङ आठ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।


प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७, १५:२४:००
प्रतिक्रिया दिनुहोस्