बाँकेमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु ,दुईजना घाइते
स्थानीय
सैनामैनामा कृषकहरुको उत्पादनमा बृद्धि गर्न कृषक पाठशाला

माघ ०६, सैनामैना :
रुपन्देहीको सैनामैनामा कृषक पाठशाला संचालन भैरहेको छ । कृषकहरुको उत्पादनमा बृद्धि गर्न, कृषि पेशालाई ब्यवस्थीत, उत्पादनमुखी र आयमुलक बनाउन सो पाठशाला शुरु गरिएको हो ।
पाठशालामा शत्रुजीवको व्यवस्थापन र मित्र जीवको संरक्षण कसरी गर्ने, उत्पादनमा कस्तो परिवर्तन आउँछ, कसरी छुट्याउने, फाईदा र बेफाईदा लगायतका विषयमा कृषकहरूलाई प्रयोगात्मक रूपमै जानकारी गराईन्छ । पछिल्लो समयमा खेतबारीमा रासायनिक मलको प्रयोग अत्याधिक बढिरहेको अवस्थामा त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा पाठशाला संचालन गरिएको हो ।
सैनामैना नगरपालिकामा वार्ड नं १ मा आजबाट पाठशाला सुरु भएको छ । एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला अन्तर्गतको सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैनाको ११ वटै वडामा कृषि पाठशाला संचालन गर्ने योजना अनुसार दोस्रो चरणको पाठशाला सुरु गरिएको ।
गुणस्तरीय बाली उत्पादन (आइपिएम) कृषक पाठशालाको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले कृषि पाठशाला कार्यक्रमले कृषकहरूको सिकाईमा टेवा पु¥याएको बताए । उनले पाठशाला प्रभावकारी भएको बताउँदै यस आर्थिक वर्षमा नगरका सबै वडामा सञ्चालन गर्ने गरी बजेट बिनियोजन गरिएको सोही अनुसार पाठशाला संचालन गर्दै आएको बताए । जग्गा एकीकृत गरेर नमूना कृषि फारमहरू बनाउनेतर्फ नगरपालिको योजना रहेको समेत नगर प्रमुख कार्कीको भनाइ थियो । उनले किसानहरूको उत्पादनलाई बिना बिचौलिया कसरी बजारीकरण गर्ने सकिन्छ भन्नेतर्फ नगरले योजना बनाएकोे बताए । उनले भने – ‘वस्तु उत्पादन गरेपश्चात गुणस्तर मापन गरेर बिक्री गर्न सके मात्र कृषको जीवनस्तर उकासिने छ ।
समग्र कृषि क्षेत्रको विकासका लागि वडाबासी सबैले चासो दिनुपर्नेमा सैनामैना वार्ड नं १ का वार्ड अध्यक्ष केयर सिह गलामीले बताए ।
कृषि पाठशालामार्फत कृषकहरूको प्रत्यक्ष सम्पर्कमा रहेर प्रयोगात्मक विधिबाट कृषकहरूको क्षमता अभिवृद्धि गर्न धेरै सहज भएको सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना खनाल सुवेदीले बताइन् । पाठशालाले आम कृषक वर्गको कृषि प्रणालीमै परिवर्तन आउने विश्वास रहेको सुबेदीले बताईन ।
कृषकहरुले नगरपालिकाले कृषकको सिकाई क्षमता अभिवृद्धि हुने गरी कृषि पाठशाला संचालन गरेकोमा कृषकहरू उत्साही भएको बताएका थिए ।
श्री एकता कृषि समुहका अध्यक्ष माया देवी पाण्डेको अध्यक्षता, सैनामैना कृषि शाखाका रबिन्द्र ज्ञवालीले कार्यक्रमको संचालन गरेका थिए ।
थप समाचार

लोकप्रीय समचार
- रुपन्देहीको सैनामैनामा ब्यवस्थित हाटबजार निर्माण (फोटो फिचर)
- सैनामैना बस्दै आएकी मृगौला पिडितलाई आर्थिक सहयोग
- महिलाहरुलाई सिप सिकाउदै सियारी गाउँपालिका, मखमलको जुत्ता र झोला बनाउने तालिम समापन
- रामजानकी मन्दिर तथा जग्गा गाउँपालिकाको सक्रियतामा संरक्षण गरिदै, गलत प्रचारको खण्डन
- सैनामैनामा लाग्ने एक सय ११ओैं भड्छा महाेत्सव माघ २८ गते देखि
- राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी
- रुपन्देहीको सियारीमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम
- रुपन्देही उद्योग संघ र सियारी गाउँपालिकाबीच औद्योगिक विकासका विषयमा अन्तरक्रिया