अन्तराष्ट्रिय

अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खला भारतलाई

रेडियो टाइम्स
`

माघ ६,काठमाण्डौ

अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खला भारतले जितेको छ । चौथो टेस्ट मङ्गलबार तीन विकेटले जितेसँगै चार खेलको शृङ्खला भारतले २–१ ले जितेको हो ।  
ब्रिस्बेनमा तीन सय २८ रनको लक्ष्य पछ्याएको भारतले पाँचौ दिनको अन्तिम समयमा सात विकेट गुमाएर भेट्यायो । भारतको जितमा विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्त नायक बने, उनले अविजित ८९ रन बनाए । यस्तै शुभमन गिलले ९१ र चेतेश्वर पुजाराले ५६ रन बनाए ।अस्ट्रेलियाका प्याट कमिन्सले चार, नाथन लायनले दुई र जोश हजलउडले एक विकेट लिए पनि जितको लागि पर्याप्त भएन । अस्ट्रेलियाले ब्रिस्बेन क्रिकेट मैदानमा ३२ वर्षपछि पहिलो पटक टेस्ट शृङ्खला गुमाएको हो ।  


प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७, १५:१९:००
प्रतिक्रिया दिनुहोस्