बाँकेमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु ,दुईजना घाइते
राष्ट्रिय
सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

माघ ४,काठमाण्डौ
सुन चाँदीको भाउ आज घटेको छ । आज एकै दिन सुन तोलामा सात सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १८ सय ३० डलर छ । यो अस्ति शुक्रबारको भन्दा २० डलर सस्तो हो ।
अमेरिकामा राष्ट्रपतीय चुनावमा विजयी भएका जो बाइडेनको कार्यकाल सुरु हुन लागेकाले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेको व्यवसायीको अनुमान छ । जो बाइडेनले आउँदो बुधवार सपथ ग्रहण गर्दै हुनुहुन्छ । यस्तै, आज चाँदी पनि आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आईतबार, माघ ४, २०७७, १३:४८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लोकप्रीय समचार
- रुपन्देहीको सैनामैनामा ब्यवस्थित हाटबजार निर्माण (फोटो फिचर)
- सैनामैना बस्दै आएकी मृगौला पिडितलाई आर्थिक सहयोग
- महिलाहरुलाई सिप सिकाउदै सियारी गाउँपालिका, मखमलको जुत्ता र झोला बनाउने तालिम समापन
- रामजानकी मन्दिर तथा जग्गा गाउँपालिकाको सक्रियतामा संरक्षण गरिदै, गलत प्रचारको खण्डन
- सैनामैनामा लाग्ने एक सय ११ओैं भड्छा महाेत्सव माघ २८ गते देखि
- राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी
- रुपन्देहीको सियारीमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम
- रुपन्देही उद्योग संघ र सियारी गाउँपालिकाबीच औद्योगिक विकासका विषयमा अन्तरक्रिया