स्थानीय

बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रेडियो टाइम्स
`

२ माघ, काठमाडौं

बाँकेमा कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनी पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

२७ पुसमा कोरोना परीक्षण गरिएकोमा सोही दिन उनीमा संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको आइसोलेसनमा सारिएको थियो ।रोगको प्रकृति अनुसार उनलाई अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७, १४:०५:००
प्रतिक्रिया दिनुहोस्