अर्थ

आँधीखोला लघुवित्त वित्तय संस्था झारवैराद्वारा राहत हस्तान्त्रण

रेडियो टाइम्स
`

सैनामैना ।
रुपन्देहीको सैनामैना—२ झारबैरामा शाखा कार्यलय रहेको आँधीखोला लघुवित्त वित्तय संस्थाले राहत प्रदान गरेको छ । संस्थाको समुहमावसी करोवार गरेकी सैनामैना—३ निवासी यम कुमारी वुढाको असमयीक निधान भएपछि उनको परिवारलाई नगद रु.२२ हजार राहत स्वारुप रकम हस्तान्त्रण गरिएको लघुवित्तका शाखा प्रमुख भिख्खु प्रसाद चौधरीले बताउनुभयो । 

उक्त रकम सैनामैना नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कामदेव भुषाल र वडा सदस्य थानेश्वर गीरीले एक कार्यक्रमका विच मृतकका परिवारलाई रकम हस्तान्त्रण गर्नु भएको थियो । 
 


प्रकाशित मिति: शनिबार, पुस ४, २०७७, २१:०२:००
प्रतिक्रिया दिनुहोस्