मनोरन्जन

खेम र अनुको छन् छन् सजना आजा तु लैके बरात भिडियो सार्वजनिक 

रेडियो टाइम्स
`

रुपन्देही, असोज, १९
नवलपरासी जिल्लामा  बोलिने थारु, भाषाको गीत छन् छन् सजना आजा तु लैके बरातको भिडियो सार्वजनिक भएको छ । शनिबार एन.डि. स्टुडियोको युट्युव च्यानल मार्फत भिडियो सार्वजानिक गरिएको हो ।

गीत गायिका अन्नु चौधरी र खेम चौधरीको स्वरमा सजिएको छ । कैलाली जिल्लाकी चेली गायिका अन्नु चौधरी पछिल्लो समय सांङ्गिगतिक क्षेत्रमा नेपाली तथा थारु भाषाको गीत गाएर बहुचर्चित बनेकी छन् । स्वरका धनी खेम चौधरी विन्दास अवार्ड धनगढी २०७५ र २०७६ मा लगातार आधुनिक गायनमा सर्वाेत्कृष्ट भै अवार्ड पाईसकेका छन् । 

भिडियोमा बिराटनगरकी चेली मोनिका र नवलपरासीका केप चौधरीको अभिनय रहेको छ । पतिराम थनेतले  छायाँकन गरेका छन् । दिपेन्सु चौधरीको शब्द÷संगित रहेको यो गीतलाई गणेश चौधरीले एरेन्ज गरेका हुन् ।

यस गीतमा २० जना स्थानिय नवलपरासीका कलाकार चेलीहरुको कोरसको रुपमा नृत्य रहेको छ । ड्रोन अपरेट रामजनम चौरसिया, कोरियोग्राफी टिकटकमा भाइरल एकिन प्रिन्सले गरेका छन । गीतको व्यवस्थापन भने भुपेन चौधरीले गरेका छन् । गीतले बिवाह लगनको सिजनमा सबै दर्शकको मन जित्न सक्ने निर्देशकद्वय प्रिन्स÷दिपेन्सु चौधरीले बताए ।


 


प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७, १४:४८:००
प्रतिक्रिया दिनुहोस्