राष्ट्रिय

पछिल्लो २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना सङ्क्रमण पुष्टि , १२ सय बढी डिस्चार्ज

रेडियो टाइम्स
`

 मंसिर १२, २०७७ 
 गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार सात सय तीन जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ । 

त्यस्तै गएको २४ घण्टामा एक हजार दुई सय ३६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको छ ।यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ३५ पुगेको छ । नेपालमा अहिले १७ हजार दुई सय ३७ जना आइसोलेशनमा छन् । यस्तै ६ सय एक जना क्वरेण्टीनमा छन् ।  


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७, १६:३५:००
प्रतिक्रिया दिनुहोस्