बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु
स्थानीय
गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

१२ मंसिर, गुल्मी
गुल्मीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। योसँगै जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
जीप दुर्घटनामा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ बर्षका फर्सुराम थापाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
शुक्रबार बिहान जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो।
मृत्यु हुनेमा इश्मा ४ का ६५ वर्षीय डम्मबरबहादुर धिताल, ३३ वर्षीय चिबबहादुर दर्लामी , ३० वर्षीय वशन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घाइतेहरुमा वडा नं ४ की २८ बर्षकी सरस्वती दर्लामी र २६ बर्षका कमल हितान रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये सरस्वतीको हात भाँचिएको र अर्का कमल हातमा चोट रहेको प्रहरीले जनाएको छ। शिबबहादुर दर्लामी र धनबहादुर अछामी नेपाली सेनामा कार्यरत रहेको र उनीहरु बिदामा घर आएका थिए।
जीप सडकदेखि अनियन्त्रीत भइ चार सय मिटर तल खसेको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाडीमा चालक सहित ९ जना रहेका थिए। चालक इश्मा गाउँपालिका वडा नं ७ का २४ वर्षीय बुद्ध बस्नेत प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
थप समाचार

लोकप्रीय समचार
- भूमि सम्वन्धी समस्या समाधानका लागि सैनामैनामा छलफल
- रुपन्देहीको सियारीमा लालपुर्जा वितरण
- रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु
- रूपन्देहीको सियारीमा मेलमिलापकर्ताहरूको सपथ ग्रहण
- आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु ः संसद ढकाल
- रुपन्देहीको सियारीमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिका माध्यमबाट उपचार सेवा सुरु
- लालपुर्जा दिएर बल्ल चुनाव हुन्छ : प्रमुख ढकाल
- रुपन्देहीको सियारीमा कोभिड—१९ अस्थायी अस्पतालको सेवा सुरु