बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु
स्थानीय
गुल्मीमा नदीजन्य पदार्थहरु उत्खनन गर्नमा रोक

१० मंसिर ,गुल्मी
गुल्मीमा नदीजन्य पदार्थहरु उत्खनन गर्नमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै नदीहरु तथा खोलाहरुबाट ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।
गृह मन्त्रालयको कात्तिक २८ गतेको परिपत्रअनुसार नदीजन्य पदार्थ उत्खनन तथा संकलनमा जिल्लाभर रोक लगाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
यस्तै, जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरु मापदण्डअनुसार सञ्चालनमा रहे नरहेको पनि अनुगमन गरिरहेको प्रशासनले जनाएको छ। प्रशासनको निर्देशनलाई यदि कसैले अटेर गरे कानुन अनुसारको कारबाही गर्ने प्रशासनले जनाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७, १३:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

लोकप्रीय समचार
- भूमि सम्वन्धी समस्या समाधानका लागि सैनामैनामा छलफल
- रुपन्देहीको सियारीमा लालपुर्जा वितरण
- रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु
- रूपन्देहीको सियारीमा मेलमिलापकर्ताहरूको सपथ ग्रहण
- आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु ः संसद ढकाल
- रुपन्देहीको सियारीमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिका माध्यमबाट उपचार सेवा सुरु
- लालपुर्जा दिएर बल्ल चुनाव हुन्छ : प्रमुख ढकाल
- रुपन्देहीको सियारीमा कोभिड—१९ अस्थायी अस्पतालको सेवा सुरु