स्थानीय

दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा ज्यान गयो

रेडियो टाइम्स
`

१० मंसिर, काठमाडौं

कोरोना भाइरसबाट संक्रमित दाङकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ दाङ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको हो ।यही मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो ।

रोगको प्रकृतिअनुसार अक्सिजन थेरापी, एन्टिबायोटिक, रेम्डिसिभिरलगायतका औषधि प्रयोग गरी उपचार गराउँदा पनि उनलाई बचाउन नसकिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७, १३:२५:००
प्रतिक्रिया दिनुहोस्