बाँकेमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु ,दुईजना घाइते
स्थानीय
जिल्ला प्रशासन कार्यालय दाङले दाङमा नदीजन्य पदार्थ उत्खनन्मा रोक

९ मंसिर ,दाङ
जिल्ला प्रशासन कार्यालय दाङले दाङमा नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको छ। कार्यालयले सर्वाजनिक सूचना जारी गर्दै दाङका कुनै पनि नदी तथा खानीबाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न रोक लगाएको जनाएको छ।
गृह मन्त्रालयले गत कात्तिक २८ गते गरेको परिपत्रअनुसार नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न रोक लगाइएको कार्यालयका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले जानकारी दिए। अर्को निर्णय नहुँदासम्म नदी तथा खानीबाट हुने ढुङगा, गिट्टी, बालुवा उत्खनन् तथा संकलन गर्न नपाइने उनले बताए।
हालसम्म संकलन गरेर राखिएका नदीजन्य पदार्थ पनि एक महिना भित्र बिक्री वितरण गरी सक्न भनिएको छ। जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुको अनुगमन तथा नापजाँच भइरहेकाले आइतबारदेखि देखी लागु हुने गरी अर्को सूचना जारी नभएसम्म नदीजन्य पदार्थ उत्खनन् र संकलन कार्यमा रोक लगाइएको छ।
थप समाचार

लोकप्रीय समचार
- रुपन्देहीको सैनामैनामा ब्यवस्थित हाटबजार निर्माण (फोटो फिचर)
- सैनामैना बस्दै आएकी मृगौला पिडितलाई आर्थिक सहयोग
- महिलाहरुलाई सिप सिकाउदै सियारी गाउँपालिका, मखमलको जुत्ता र झोला बनाउने तालिम समापन
- रामजानकी मन्दिर तथा जग्गा गाउँपालिकाको सक्रियतामा संरक्षण गरिदै, गलत प्रचारको खण्डन
- सैनामैनामा लाग्ने एक सय ११ओैं भड्छा महाेत्सव माघ २८ गते देखि
- राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी
- रुपन्देहीको सियारीमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम
- रुपन्देही उद्योग संघ र सियारी गाउँपालिकाबीच औद्योगिक विकासका विषयमा अन्तरक्रिया