कुमारी बैंकको २० औ स्थापना दिवसको अवसरमा सरसफाई तथा डस्टविन वितरण
राष्ट्रिय
आज छठपर्वको तेस्रो दिन खरना मनाइँदै

मंसिर ४, २०७७ महोत्तरी
छठपर्वको तेस्रो दिन आज खरना मनाइँदैछ ।आस्था र निष्ठापूर्वक घरघरमा मनाइने छठपर्वको तेस्रो दिन मिथिलाञ्चलमा आज बेलुका खरना मनाउने गरिन्छ । दिनभरि निराहार उपवास बस्ने व्रतालु बेलुका घरमा सख्खर र खिर चढाएर खरना पर्व मनाउने गर्छन् । आजका दिन युवाहरु मिलेर छठ मनाइने नदि, ताल या पोखरीको किनार तथा सडक सफा गर्ने, घाँस खुर्किने र पानीलाई सफा गर्ने चलन छ ।
त्यस्तै व्रतको चौथो दिनलाई सन्ध्या अर्घ भन्ने गरिन्छ । भोलि व्रतालु निराहार व्रत बसेर घरमा तयार पारिएको ठकुवा भुसुवा, मिठाइ प्रकारहरु, नैवेद्य, फलफूल सामग्री, नरिवल, केरालगायतका पूजा सामग्रीसहित बेलुका नजिकै रहेको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ ।छठको अन्तिम दिन बिहान उदाँउदो सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने गरिन्छ ।
प्रकाशित मिति: बिहिबार, मंसिर ४, २०७७, १३:५४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लोकप्रीय समचार
- सियारी गाउँपालिकाका किसानहरुलाई ४८ लाख बढी अनुदान रकम वितरण
- सैनामैनामा वसपार्क र व्यवसायिक भवन निर्माण कार्य सुरु
- पर्रोहा माविको भवन शिलान्यास
- गैडहवा गाउँपालिका को आर्थिक सहयोगमा आधारभुत तथा एड्भान्स सिलाई कटाई तालिम तथा मेसिन प्रदान
- अमेरिकामा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नाघ्यो
- रुपन्देहीको सैनामैनामा रहेको आँधिखोला—बैकुन्ठपुरबाटो सिलान्यास
- सैनामैनामा खानेपानी ट्याङ्कीको शिलान्यास
- लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता वृद्धि हुँदै